Call Now9852629979

Our LocationKamal-7, Rangpur, Jhapa

Our History

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पाडाजूंगीबाट अनुमानित ८ किलोमीटर दक्षिण कमल गाउँपालिका वडा न. ७ (साविक लखनपुर गाउँ विकाश समिति वडा न. ८ ) रंगपुर र ठुलो वारघरे बजारको बिचमा अवस्थित यस सरस्वति माध्यमिक विद्यालयको स्थापना २०१४ सालमा भएको हो | शुरुमा प्राथमिक तहबाट शुरु गरेको यो विद्यालय २०३८ साल देखि प्रस्तावित मा. वि. हुदै २०५२ सालमा स्थायी स्वीकृति प्राप्त गरि पूर्ण सरकारी विद्यालयको रुपमा संचालित छ | गुणस्तरीय शिक्षालाई अभियानकै रुपमा संचालन गर्ने क्रममा रहेको यस विश्यालयले कक्षा ६ सम्म पूर्ण रूपमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिसकेको छ | स्थानीय शिक्षा सेवीहरुको अथक मेहनत र सक्रियताबाट प्राथमिक तह हुदै हाल आएर प्राविधिक शिक्षा तर्फ Junior Technical Assistant (JTA-Plant Science) १८ महिने Technical SLC कार्यक्रम तथा ३ वर्षे कृषि डिप्लोमा (I.Sc.Ag) कार्यक्रम संचालन हुदासम्म अनेक आर्थिक र भौतिक कठिनाईको बावजुद यस क्षेत्रकै शिक्षाको केन्द्रको रुपमा आफुलाई स्थापित गर्न विद्यालय निरन्तर प्रयत्नशील रहेको छ | वर्तमान समयमा सामुदायिक विद्यालयमा हुने पठनपाठनको गुणस्तरप्रति सर्वत्र चिन्ता व्यक्त भइरहेको अवस्थामा विद्यालयले यसलाई सामुदायिक विद्यालयप्रति सर्वसाधारणमा रहेको गुनासोलाई उचित सम्बोधन गर्ने अवसरको रुपमा लिई आफ्नो दैनिक अध्यापन कार्यलाई सोही अनुसार योजनाबद्ध रुपमा अघि बढाएको छ |

यसका साथै विद्यालयले प्राविधिक शिक्षा TECS कार्यक्रम (CTEVT) अन्तर्गत शैक्षिक सत्र २०६७/०६८ देखि कृषि JTA (Plant Science) १८ महिने TSLC कार्यक्रम संचालनमा ल्याएको छ | शैक्षिक सत्र २०७३/०७४ बाट ३ वर्षे कृषि डिप्लोमा (I.Sc.Ag) कार्यक्रम संचालन भईरहेको छ | यसक साथै १८ महिने VJTA कार्यक्रम समेत थप गरी संचालन गरि रहेको छ |