Call Now9852629979

Our LocationKamal-7, Rangpur, Jhapa

#

Prize Distribution Ceremony for Athletes

कमल गाउँपालिका वडा नं. ५ स्थित अादिवासी रङ्गशालामा यही जेठ २३ गते बिहीबारदेखि सुरु भएकाे स्थानीय तह स्तरीय एघाराैँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियाेगिताकाे समापन समाराेह अाज जेठ २५ गते शनिबार सम्पन्न भएकाे छ । एथलेटिक्स, भलिबल, फुटबल, कबड्डी, क्रिकेट अादि खेलहरू समावेश गरिएकाे यस प्रतियाेगितामा प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरूले केही दिनपछि चन्द्रगढीमा सञ्चालन हुने जिल्ला स्तरीय खेलमा भाग लिने अवसर पाउने छन् । 

स्वर्ण, रजत र कास्य पदक प्राप्तिकाे अाधारमा तयार गरिएकाे नतिजा तालिका-
प्रथम स्थान- निहारिका मा.वि., कमल-३--- ११+८+३ = २२
द्वितीय स्थान- सरस्वती मा.वि., कमल-४--- ४+४+२ = १०
तृतीय स्थान- कमला मदनअाश्रित स्मृति मा.वि., कमल-२--- ४+०+२ = ६
चतुर्थ स्थान- लालिमा मा.वि., कमल-२-- ३+०+२ = ५
पाँचाैँ स्थान- ज्याेति मा.वि., कमल-२--- २+०+१ = ३