Call Now9852629979

Our LocationKamal-7, Rangpur, Jhapa

#

कमल स्राेतकेन्द्रद्वारा अन्तर मावि वक्तृत्वकला प्रतियाेगिता सञ्चालन

कमल गाउँपालिका शिक्षा शाखाद्वारा अायाेजित अन्तर-विद्यालय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, समयगढकाे प्राङ्गणमा अाज माघ ९ गते बुधबारका दिन दाैड तथा हाजिरीजवाफ प्रतियाेगिता भव्य रूपमा सम्पन्न भएकाे छ । कमल गाउँपालिका शिक्षा शाखा प्रमुख श्री भाेलानाथ दाहालकाे अध्यक्षतामा सञ्चालित अाजका प्रतियाेगितात्मक कार्यक्रमहरूमा नेपाल शिक्षक महासङ्घ झापाका पूर्वअध्यक्ष श्री नारायणप्रसाद गाैतम, ताेपगाछी स्राेतकेन्द्रका स्राेतव्यक्ति श्री केशवप्रसाद भट्टराई, नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष श्री हिमप्रसाद दाहाल, महेन्द्र रत्न मा.वि. समयगढका प्रधानाध्यापक श्री बालकृष्ण संग्राैला, नवाेदय माध्यमिक विद्या मन्दिर समयगढका प्रिन्सिपल श्री रामहरि घिमिरे, वन्डरल्यान्ड अङ्ग्रेजी स्कुल केरखाका प्रिन्सिपल श्री अग्निप्रसाद काेइराला, कमल गाउँपालिका क्षेत्र भित्रका संस्थागत र सामुदायिक विद्यालयहरूका शिक्षक प्रतिनिधिहरू, स्थानीय अभिभावक तथा सर्वसाधारणहरू, विभिन्न विद्यालयहरूबाट प्रतियाेगितामा भाग लिन र कार्यक्रम हेर्न अाएका विद्यार्थीहरू लगायतकाे ठूलाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा तीन दर्जनभन्दा बढी विद्यालयहरूले भाग लिएका थिए । अाज सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूकाे दाैड प्रतियाेगिता श्री महेन्द्र रत्न मा.वि. समयगढका शिक्षक श्री हिमालय काेइरालाकाे संयाेजकत्वमा सञ्चालन भएकाे थियाे भने कक्षा १-५ र कक्षा ६-८ विद्यार्थीहरूका हाजिरीजवाफ प्रतियाेगिताहरू क्रमशः शिक्षकद्वय श्री विजयकुमार अधिकारी र श्री धनप्रसाद भण्डारीकाे संयाेजकत्वमा सञ्चालन भएका थिए । दाैड प्रतियाेगिता सञ्चालन कार्यमा शिक्षकहरू श्री प्रदीप राई, श्री पूर्ण राई, श्री सुदर्शन काफ्ले लगायतले र हाजिरीजवाफ प्रतियाेगितामा शिक्षकहरू श्री कुवेरराज सुवेदी, श्री अग्निप्रसाद अधिकारी, श्री पदमकुमार श्रेष्ठ लगायतले अा-अाफ्नाे जिम्मेवारी सक्रियतापूर्वक वहन गर्नुभएकाे थियाे ।
अाज सञ्चालित प्रतियाेगिताकाे नतिजा देहाय बमाेजिम रहेकाे छ-
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूकाे १०० मिटर दाैड प्रतियाेगिताअन्तर्गत--
छात्रातर्फ-
प्रथम स्थान- पार्वती मिस्त्री, नरेन्द्र जनता मा.वि., कमल-१, सरङ्पाडा ।
द्वितीय स्थान- दीपा ताजपुरिया, सरस्वती मा.वि., कमल-७, रङपुर ।
तृतीय स्थान- प्रतिमा थापा, ताेपगाछी माेडल इङ्लिस स्कुल ।

छात्रतर्फ (कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूकाे १०० मिटर दाैड)-
प्रथम स्थान- नवीन तामाङ, बाँसबारी मा.वि., कमल-१, बाँसबारी ।
द्वितीय स्थान- सविन माझी, इन्द्र लाेहनी स्मृति अङ्ग्रेजी स्कुल कमल-३ 
तृतीय स्थान- कुशल सिंखडा, वन्डरल्यान्ड अङ्ग्रेजी स्कुल, कमल-३, केर्खा ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूकाे हाजिरीजवाफ प्रतियाेगितातर्फ-
प्रथम स्थान- सरस्वती मा.वि. कमल-७, रङपुर ।
द्वितीय स्थान- पाथिभरा अङ्ग्रेजी मा.वि., कमल-२, क्याम्पा ।
तृतीय स्थान- नरेन्द्र जनता मा.वि., कमल-१, सरङपाडा ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूकाे हाजिरीजवाफ प्रतियाेगितातर्फ--
प्रथम स्थान- निहारिका इङ्लिस बाेर्डिङ स्कुल, कमल-३, केरखा ।
द्वितीय स्थान- सरस्वती मा.वि., कमल-७, रङपुर ।
तृतीय स्थान- पाथिभरा अङ्ग्रेजी मा.वि., कमल-२, क्याम्पा ।

प्रतियाेगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र सम्बन्धित विद्यालयहरूलाई हार्दिक बधाई !
सहभागी सबै विद्यार्थीहरू र सम्बन्धित विद्यालयहरूलाई धन्यवाद !
अाजकाे कार्यक्रमका केही तस्बिरहरू र सानाे भिडियाे क्लिप यहाँ पाेस्ट गरिएकाे छ ।
[टिप्पणी प्रस्ताेता : विजयकुमार अधिकारी (Bijaya Adhikari)


Image may contain: 2 people, people smiling, people sitting and indoor
Image may contain: 2 people, people sitting
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 1 person, sitting