Call Now9852629979

Our LocationKamal-7, Rangpur, Jhapa

#

Inter-School Speech Competition

यक्षतामा सञ्चालित उक्त प्रतियाेगितामा कमल गाउँपालिकाका उपाध्यक्ष श्री वेणु शिवाकाेटीकाे प्रमुख अातिथ्य र गाउँपालिकाका प्रशासकीय अधिकृत श्री युवराज ढकाल, महेन्द्र रत्न मा.वि., समयगढका प्रधानाध्यापक श्री बालकृष्ण सङ्ग्राैला, उपप्राध्यापक श्री धनञ्जय बाँस्काेटा र सञ्चारकर्मी श्री गिरिराजमणि भट्टराईकाे विशेष अातिथ्य रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यालयका प्रतियाेगी छात्रछात्राहरूकाे अतिरिक्त तिनका संरक्षक शिक्षकहरूकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रममा १० अाेटा सामुदायिक र ८ अाेटा संस्थागत गरी जम्मा १८ अाेटा विद्यालयहरूकाे सहभागिता रहेकाे थियाे । प्रमुख अतिथिकाे अासनबाट श्री वेणु शिवाकाेटीले विद्यार्थीहरूमा बाैद्धिक एवम् तार्किक क्षमता अभिवृद्धिकाे लागि वक्तृत्वकला, वादविवाद जस्ता प्रतियाेगिताहरू समय-समयमा सञ्चालन गरिनु वाञ्छनीय हुने धारणा व्यक्त गर्नुभयाे । प्रतियाेगिताकाे नतिजा देहायबमाेजिम रहेकाे छ-
प्रथम स्थान- श्री राजेश दाहाल, कक्षा -९, स्मारिका अङ्ग्रेजी स्कुल, कमल-५, पाडाजुँगी ।
द्वितीय स्थान- श्री सन्ध्या सिंखडा, कक्षा-९, वन्डरल्यान्ड अङ्ग्रेजी स्कुल, कमल-३, केरखा ।
तृतीय स्थान- अाशिष सेडाईँ, कक्षा-११, सरस्वती मा.वि., कमल-७, रङपुर ।
वक्तृतामा विजयी छात्रछात्राहरूकाे लागि पुरस्कार र प्रमाणपत्र तथा सम्बन्धित विद्यालयलाई प्रमाणपत्रकाे व्यवस्था रहेकाे थियाे । वक्तृत्वकलामा भाग लिने छात्रछात्राहरूकाे वक्तृताकाे मूल्याङ्कन दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री धनञ्जय बाँस्काेटा र सप्तरङ्गी एफएमका प्रबन्धक श्री गिरिराजमणि भट्टराईले गर्नुभएकाे थियाे ।
प्रतियाेगितामा उत्कृष्ट नतिजा ल्याई पुरस्कृत हुने विद्यार्थीहरू र सम्बन्धित विद्यालयहरूलाई हार्दिक बधाई !!!!
[टिप्पणी : विजयकुमार अधिकारी (Bijaya Adhikari) बाट]
Image may contain: 2 people, people smiling, people sitting and indoor
Image may contain: 2 people, people sitting
Image may contain: 2 people, people sitting and indoor